निबन्ध

निबन्ध लेखुं-लेखुं जस्तो लाग्छ,
कविता रचुं-रचुं जस्तो लाग्छ,
कहिलेकाहीं चित्र पनि कोरुं-कोरुं जस्तो लाग्छ,
तर यो शास्त्रको अद्ययनले जहिले,
मेरो सिर्जनात्मक शीरमा,
मोटो लौरोले झैँ बजार्छ!

रोजेको हो आफैले,
खोजेको पनि हो आफैले,
आधा-दशक यो विद्या पढियो,
संसार त्यागी तपस्वी पनि बनियो,
अन्त्यमा ब्रम्हज्ञान पाईयो होला भनेको त,
अर्धज्ञानि मात्र पो भईयो!

अझै तपस्या गर्नु पर्ने रे,
जोगी झैँ एक्कलकाँटे हुनु पर्ने रे,
अस्पताल नि चलाउनु पर्ने रे,
प्रतिस्पर्दा नि गर्नु पर्ने रे,
जीवन बितेको पत्तो नै नभए पनि,
गुरु र बिरामीको गाली नि खान पर्ने रे!

आधा उमेर कटेपछि मात्र समाजले चिन्ने,
पैसाले समस्या त्यति नहोला,
तर कहाँ छ र फुर्सद केहि पनि किन्ने?
कस्तो बिषय पढिएछ नि,
संघर्श नामको सिलौटोले आत्मा सरि पिन्ने!

बिषयनै त्याग्न पनि अफ्ठ्यारो!
नत्यागे पनि छैन कुनै सफ्ठ्यारो!
तर गौर गरेर हेर्दा ….
आखिर जे पढे पनि यो जीवनमा,
आउनेनै  छ थुप्रै – जिम्मेवारीको चटारो!

अब फसियो त, मेरो के सिप लाग्छ र?
संसारका अनेकौं दीन, दुखिभन्दा
दर्दनाहक जीवन त कहाँ होला र?
भनि चित्त बुझाउनै परिहाल्यो,
प्रकृतिका नियमहरु जतिनै कठोर भएतापनि,
मानिस भई जन्मियो,
रमाउन त परिहाल्यो!!!!

Leave a comment

search previous next tag category expand menu location phone mail time cart zoom edit close